श्रीलंकाबाट सागमा आएका एथ्लेटिक्सका दुई खेलाडीलाई डेंगु, वयोधामा उपचार हुँदै

काठमाडौं, २३ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाल खेलकुद (साग) मा सहभागि हुन आएका श्रीलंकाका दुई खेलाडीमा डेंगु देखिएको छ । एथ्लेटिक्सका यी दुई खेलाडीमा डेंगु देखिएपछि बल्खुस्थित वयोधा अस्पतालमा उपचार भइरहेको अस्पतालका डा. कन्चन गोइन्काले जानकारी दिएका छन् ।  डेंगु संक्रमण हुनेमा २८ वर्षीया अस्ना डिस्पाल र मेन्का माधवी गेम कान्जी रहेका छन् । उनीहरू ६ डिसेम्बरमा अस्पताल भर्ना भएका हुन् । फिवर देखिएपछि अस्पताल भर्ना भएका उनीहरूलाई डेंगु संक्रमण पनि देखिएको डा. गोइन्काले बताए । सम्भवत दुवै खेलाडीको मंगलबार डिस्चार्ज हुने डा. गोइन्काले बताए ।

Source: https://www.hamrodoctornews.com/detail/13852?fbclid=IwAR3E53n7KUgqh8Z-QoTwuIrswixY_jRNLgVky1by6WeiUJgOklI3nQz_hoY

Sharing is caringShare on Facebook0Tweet about this on TwitterShare on Google+0Email this to someone