‘बि हार्ट हिरो’ भन्दै वायोधा अस्पतालले मनायो विश्व मुटु दिवस

काठमाडौं – आज विश्व मुटु दिवसको अवसर पारेर वायोधा अस्पतालले मुटु रोग सम्बन्धि जनचेतना फैलाउदै  प्रभातफेरि निकालेको छ ।

वायोधा अस्पतालबाट सुरु गरेको प्रभातफेरि कुलेश्वर , कालीमाटी , टेकु , कालोपुल सानेपा हुदैँ बल्खु पुरेर टुगिंएको छ ।

‘बि हार्ट हिरो’ नाराका साथ मुटुलाई स्वस्थ राख्ने प्रतिबद्धता लिनुस् भन्दै १५० जना उक्त  प्रभातफेरिमा सहभागि भएका थिए ।

 

सो दिवसको अवसर पारेर वयोधा अस्पतालले आश्विन १० गते देखि १२ गते सम्मका लागि सुलभदरमा ( १९९ ) मा मात्र मुटु जाँच गराई रहेको छ । मुटु रोग विशेषज्ञ द्धारा इसीजी, टोटल कोलेस्टेरोल , ब्लड सुगर र भाइटल राइन सुलभदरमा जाँच गराई रहेको छ ।

source: http://www.mahilaswasthya.com/news/11686?fbclid=IwAR0lcbQ0wuKieKY42aK3N61zG1VKp7BQAXp9XZYe2vpafY6-MghF1N2FaVk

Sharing is caringShare on Facebook0Tweet about this on TwitterShare on Google+0Email this to someone