बालबालीकामा पनि लाग्न सक्छ बाथ गरौँ यसरी पहिचान

काठमाडौं – बाथ यस्तो रोग हो जसले भर्खर जन्मेको शिशु देखि बृद्धा अवस्थाका व्यक्तिहरुलाई प्रभाव पार्न सक्छ । बाथ रोगले शरीरको भित्री जुनसुकै अंगलाई पनि असर गर्न सक्छ । यो शरीरको छाला, जोर्नी मासु, कम्मर, आँखा, मांशापेशी लगायत अन्य अंगबाट सुरु हुने बल्खुस्थित बयोधा अस्पतालमा बाथ रोग बिशेषज्ञको रुपमा कार्यरत डा. लोभ राज लोहनीले बताए ।

डा. लोहनीका अनुसार बिशेषत हाम्रो समाजमा बाथ रोगलाई जोर्नीको दुखाई मात्र भनेर बुझिएको छ । बाथ रोग जोर्नीको दुखाई मात्र नभएर शरीरको जुनसुकै अंगलाई असर गर्ने रोग हो । नेपालको सन्दर्भमा गठिया बाथ प्रायः व्यक्तिमा हुने गर्छ जो जोर्नीको दुखाईबाट सुरु हुन्छ । १६ बर्ष मुनिका बालबालीकालाई जुबिनाइल आइडियोप्याथीक आर्थराइटिस (जेआईए) हुने गर्दछ । जेआईएको पनि धेरै प्रकारहरु छन् । यसले ३ वा ४ ओटा हड्डिलाई असर गर्न सक्छ । कुनैले एकैचोटि ६ ओटा भन्दा बढिलाई असर गर्न सक्छ । कुनैले पछाडिको भागलाई मात्र असर गर्न सक्छ । अन्य व्यक्तिलाई बाथ रोगले जसरी असर गर्छ बालबालिकालाई पनि त्यसरी नै असर गर्ने गर्दछ ।

Source: http://mahilaswasthya.com/news/12218?fbclid=IwAR0k76HBRmkfWh2oRH-5lVUDr4LvmkrpL1mjg8tq7ENly_GcpaizrG_PE9o

Sharing is caringShare on Facebook0Tweet about this on TwitterShare on Google+0Email this to someone