बयोधा अस्पतालमा मधुमेह, थाइराइड तथा बाथ रोगको निशुल्क सेवा शुरु

काठमाडौं – बयोधा अस्पतालमा आजदेखि मधुमेह, थाइराइड तथा बाथ रोगको निः शुल्क स्वास्थ्य परामर्श सञ्चालन भएको छ ।
अस्पतालमा परामर्शका साथै बिशेषज्ञद्धारा सिफारिस गरिएको जाचँमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
परामर्श लिन इच्छुक व्यक्तिले अग्रिम नाम दर्ता गराउनुपर्ने र प्याथोलोजी सेवामा मात्र छुट दिइने अस्पताल प्रशासनको भनाई छ ।
अस्पतालले मंसिर ७ गतेसम्म बिहान १० बजेदेखि साझँ ५ बजेसम्म सो सेवा प्रदान गर्ने छ ।