पक्षघात पहिचान गर्न डा. सिहंको ‘बिइ फास्ट’ फर्मुला (भिडियोसहित)

टाउकोमा रक्तनलीको प्रवाह थुनिएको वा रक्तनली फुटेर रगत बगेको अवस्थामा पक्षघात हुन्छ । यो एक्कासी हुने कुरा हो । पक्षघातबारे जनमानसमा त्यति सकारात्मक सोच छैन । यो हृदयघात जस्तैं हो । यसलाई मष्तिस्कघात भनेर बुझँे पनि हुन्छ । यसको उपचार जटिल छ तर कतिपय अवस्थामा पक्षघातका बिरामीलाई पुर्ण निको पार्न सकिन्छ ।  लक्षणहरू वयोदा अस्पतालमा कार्यरत डा. समर्थ सिंहका अनुसार पक्षघातका लक्षणलाई ‘बिइ फास्ट’ भनेर सम्झन सकिन्छ । डा. सिंहका अनुसार पक्षघातका लक्षण देखिनासाथ ४ देखि ६ घण्टाभित्र न्युरो विशेषज्ञमार्फत उपचार गराउनु पर्छ । पक्षघात भएको थाहा पाउन यो ‘बिइ फास्ट’ भन्ने कुरा सम्झन जरुरी रहेको उनको भनाइ छ । यहाँ ‘बि’ भन्नाले ब्यालेन्स, ‘इ’ भन्नाले आँखामा समस्या भन्न खोजिएको हो ।  यस्तैगरी फास्टको ‘एफ’ले मुख टेडो हुने, ‘ए’ भनेको हात वा खुट्टा कमजोर हुने, ‘एस’ भनेको बोल्न गाह्रो हुने वा बोली लरर्बराउनु भन्नखोजिएको हो ।
To read more please click on the link below
Source: https://www.hamrodoctornews.com/detail/14140?fbclid=IwAR1KsGzX4HZy7vB4NKjyVoHXGjyVpF6urLgoQ-MnnP5mbiHZTvZSp2ZSIys

Sharing is caringShare on Facebook0Tweet about this on TwitterShare on Google+0Email this to someone