गर्भावस्थामा हुने मधुमेहको जोखिम तथा बच्ने उपाय

काठमाडौं – गर्भावस्थामा हुने मधुमेह भनेको गर्भवती भएको समयमा हुने मधुमेह हो । यो मधुमेह गर्भ रहनु अगाडि वा प्रसुती पश्चात रहदैँन ।
गर्भवती हुदाँ शरीरका विभिन्न हर्मोन (कोर्टिसोल, एसट्रोजेन, प्रोजेस्टेरोन, प्रोलाक्टिन, प्लासेन्टल ग्रोथ हर्मोन) को परिमाण शरीरमा बढ्न जान्छ । साथै आमाको शरीरमा अन्य तत्व (अडिपोसाइट्स, इमुन सेल्स, हिपाटोसाइट्स) मा परिर्वतन,आमामा शारीरिक कसरतको कमी, मोटोपना, पोषणको कमी वा पश्चिमी खाद्यशैली तथा पोलिसिस्टिक ओभरीयन सिन्ड्रोमका साथै बंशानुगत कारण (TCF7L2, GCK, KCNQ) इत्यादि जिनको परिर्वतनले गर्भवतीको शरीरमा इन्सुलिन रेजिस्ट्यान्स गर्छ । जसका कारण गर्भवती महिलामा मधुमेह हुने गर्दछ ।